काठमाडौं । कलाकार सागर लम्साल बले हाजिरी जमानीमा रिहा भएका छन् ।
बलात्कार आरोपमा पक्राउ परेका बले आज हाजिरी जमानीमा रिहा भएका हुन् ।
अमेरिकामा बसोबास गर्दै आएकी संगम बिष्टले गत साता सामाजिक सञ्जालमार्फत उनीविरुद्ध अमेरिकामा घटना भएको दाबीसहित आरोप सार्वजनिक गरेकी थिइन्।
सोही आधारमा प्रारम्भिक अनुसन्धानका लागि उनलाई चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट नियन्त्रणमा लिइएको थियो।
प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएकोमा आज उनलाई हाजिरी जमानीमा छाडिएको हो।
यद्यपी बिष्टले बलेमाथि बलत्कारको आरोपमा अमेरिकामा मुद्दा दायर गरेकी छन् ।