Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘बले’माथि बलात्कारको गम्भिर आरोप, ‘पाँच पाण्डव’ बाट पनि निकालिए

‘बले’माथि बलात्कारको गम्भिर आरोप, ‘पाँच पाण्डव’ बाट पनि निकालिए

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएपछि कलाकार सागर लम्साल ‘बले’लाई चलचित्र ‘पाँच पाण्डव’बाट निकालेको छ।

निर्माण कम्पनी कालीरानी फिल्म्स प्रालिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा लम्साललाई फिल्मबाट हटाएको जनाएको छ। 

लम्सालको करिब ९० प्रतिशत दृश्य खिचिसकिएको अवस्थामा यो विवाद बाहिर आएपछि पनि निर्माण कम्पनीले लम्साललाई फिल्मबाट हटाउने निर्णय गरेको हो । 

चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठले ९० प्रतिशत काम सकिएका कलाकारलाई हटाउँदा ठूलो आर्थिक क्षति हुने भए पनि आरोपितलाई फिल्ममा राखिराख्न नैतिक रूपमा उचित नहुने बताए। उनले पीडितको पीडाअघि यो आर्थिक क्षति सामान्य भएको पनि बताएका छन् । 

विज्ञप्तिमा भनिएको छ–‘जघन्य अपराधको आरोप लागेका व्यक्ति हाम्रो फिल्मको सदस्य हुन सक्दैनन्। पाण्डवजस्तो पवित्र नाम र विषयवस्तुमा आधारित फिल्ममा आरोपितलाई प्रश्रय दिँदा न्याय प्रक्रियामा प्रभाव पर्न सक्ने खतरालाई मध्यनजर गर्दै सागर लम्सालसँगको सम्झौता आजकै मितिबाट रद्द गरिएको छ।’

यस्तो छ प्रेस विज्ञप्ति

bale bhai.jpeg

निर्माण पक्षले घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई यथाशीघ्र न्याय दिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ। 

वसन्त निरौलाको निर्देशनमा बनिरहेको यस चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, दीपाश्री निरौला, महेश त्रिपाठीलगायतका कलाकारको मुख्य भूमिका छ। लम्सालको ठाउँमा अब कुन कलाकारलाई अनुबन्ध गर्ने भन्नेबारे निर्माण पक्षले केही खुलाएको छैन।

हाल अमेरिका बस्दै आएकी ती युवतीले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको जघन्य अपराध र त्यसले निम्त्याएको मानसिक आघातको खुलासा गरेकी हुन्।

पीडित युवतीका अनुसार यो घटना करिब एक वर्षअघिको हो। पीडित भनिएकी युवतीका अनुसार उनको परिवारसँग वर्षौंदेखि जोडिएका र उनले ‘दाइ’ भनी सम्मान गर्ने कलाकार सागर लम्साल सोही समयमा अमेरिका पुगेका थिए। बुबाको आग्रह र चिनजानको मान्छे भेट्दा मन हल्का हुने आशामा उनले लम्साललाई भेटेको बताएकी छन् । 

उनले लेखेकी छन्–‘१० वर्षभन्दा अघिदेखि चिनेको र दाइ मानेको मान्छेलाई विश्वास गरेर मैले आफ्नो अपार्टमेन्ट देखाउन लगेँ। कोठामा बसेर कुरा गर्दा मैले आफ्ना संघर्ष र आँसु पोखिरहेकी थिएँ। मलाई थाहा थिएन, जसलाई मैले दाइ मानेकी थिएँ, त्यो मान्छे त एउटा राक्षस रहेछ। म बलात्कृत भएँ।’

घटनापछि आफू पूर्ण रूपमा टुटिसकेको र परिवारको इज्जतका कारण लामो समयसम्म केही भन्न नसकेको उनले बताएकी छन्। आफू जिउँदो लास सरह भएको र दैनिक रूपमा त्यो घटनाले पिरोलिरहेको भन्दै उनले आफ्ना बुबासँग माफी समेत मागेकी छन्।

उनले सागर लम्साललाई प्रश्न गर्दै लेखेकी छन्–‘कसैको जीवन बर्बाद पारेर बाँच्दा कस्तो महसुस हुन्छ, सागर लम्साल क्षेत्री ?’

सागर लम्साल क्षेत्री नेपाली कला क्षेत्रका चर्चित नाम हुन्। लोकप्रिय टेलिभिजन शृङ्खला ‘भद्रगोल’ र ‘सक्किगोनी’मा ‘बले’को भूमिकाबाट उनी देशभर चिनिएका छन्। पछिल्लो समय उनी म्युजिक भिडियो र चलचित्रमा समेत सक्रिय छन्।

उनी यसअघि पनि विवादमा परेका थिए । कलाकार प्रिज्मा खतिवडाविरुद्ध सोसल मिडियामा भ्रम फैलाएको, दुःख दिएको आरोपमा उनीविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो ।

सार्वजनिक रूपमा लागेको आरोपबारे लम्सालले अहिलेसम्म कुनै प्रस्टीकरण दिएका छैनन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077