Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

श्रम स्वीकृति सम्बन्धी भ्रामक सूचना हटाउन विभागको निर्देशन, नियम नमाने कारवाहीको चेतावनी

श्रम स्वीकृति सम्बन्धी भ्रामक सूचना हटाउन विभागको निर्देशन, नियम नमाने कारवाहीको चेतावनी

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं। वैदेशिक रोजगार विभागले ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना हटाउन निर्देशन दिएको छ ।

विभागले साइबर सेन्टर, तालिम संस्था तथा अन्य निजी निकायहरूलाई लक्षित गर्दै  ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ लगायतका सूचनाले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पारेको भन्दै त्यस्ता सूचना तत्काल हटाउन निर्देशन दिएको हो । 

उक्त सूचना चैत ३० गतेभित्र हटाइसक्न पनि विभागले आग्रह गरेको छ ।

सार्वजनिक सूचना जारी गर्दै विभागले श्रम स्वीकृति सम्बन्धी सम्पूर्ण प्रक्रिया प्रचलित कानुनअनुसार केवल विभाग वा तोकिएका श्रम तथा रोजगार कार्यालयमार्फत मात्र हुने स्पष्ट पारेको छ। यसबाहेक अन्य निकायले यस्तो सेवा प्रदान गर्छु भन्ने गरी प्रचार गर्नु गैरकानुनी हुने पनि विभागले जनाएको छ।

विभागले यस्ता गलत सूचनामूलक बोर्ड, होर्डिङ, फ्लेक्स तथा भित्ते लेखन सोमबारभित्र हटाइसक्न सम्बन्धित व्यवसायी तथा संस्थालाई निर्देशन दिएको छ।

साथै तोकिएको समयसीमा नियम पालना नगरे कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077