Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विदेश जाने श्रमिकबाट अभिमुखीकरण शुल्क ७ सयभन्दा बढी लिए इजाजत पत्र स्वतः रद्द हुने

विदेश जाने श्रमिकबाट अभिमुखीकरण शुल्क ७ सयभन्दा बढी लिए इजाजत पत्र स्वतः रद्द हुने

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको अभिमुखीकरण तालिमका लागि सात सयभन्दा बढी शुल्क नलिन सचेत गराएको छ ।

विभागले एक सार्वजनिक सूचना जारी गर्दै अभिमुखीकरण तालिमका लागि तोकिएको भन्दा बढी शुल्क लिने तालिम प्रदायक संस्थाहरूको इजाजत पत्र स्वतः रद्द गर्ने भन्दै  सचेत गराएको हो । 

 अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ मा प्रति प्रशिक्षार्थी शुल्क ७०० रूपैयाँ मात्र तोकिएको स्मरण गराउँदै विभागले तालिमको शुल्क वृद्धि नगरिएको प्रष्ट पारेको छ । 

पछिल्लो समय केही तालिम प्रदायक संस्थाले २१०० रुपैयाँसम्म असुलिरहेको गुनासो आएको भन्दै कार्यविधि विपरीत ७०० रूपैयाँभन्दा बढी शुल्क लिएको कतैबाट जानकारी आए विभागमा उजुरी गर्न पनि आग्रह गरेको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ तथा सम्बन्धित नियमावलीअनुसार नै तालिम सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको विभागले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077