Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली र लेखक आज हाजिर जमानीमा छुट्ने

ओली र लेखक आज हाजिर जमानीमा छुट्ने

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । जेन्जी आन्दोलनसँग सम्बन्धित घटनामा पक्राउ परेका नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई आजै रिहा गर्ने तयारी भइरहेको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुनेगरी’ ओली र लेखकलाई रिहा गर्ने निर्णय गरिएको हो । 

सर्वोच्च अदालतले सोमबार दुवै नेता माथिको अनुसन्धान चैत २६ गते बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।

यसअघि, दुवै नेता चैत १४ गते पक्राउ परेका थिए। भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतबाट तेस्रो पटक म्याद लिएर प्रहरीले उनीहरूलाई हिरासतमा राखेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077