एजेन्सी । इरान र अमेरिका तत्काल युद्धविराम गर्न सहमत भएपछि विश्व बजारमा तेलको मूल्य घटेको छ । अमेरिकी कच्चा तेलको मूल्य १५ प्रतिशतभन्दा बढीले घटेको हो ।
ट्रम्पले इरानले दुई हप्ताको युद्धविराम र हर्मुज जलमार्ग पुनः खोल्न सहमत भएमा आक्रमण रोक्ने बताएका थिए ।
इरानले पनि उक्त प्रस्ताव स्वीकार गर्दै जलमार्गबाट आउजाउ खुला गर्ने बताएको छ।
बजारमा अमेरिकी कच्चा तेलको मूल्य प्रति ब्यारेल ९६.२७ डलर र ब्रेन्ट कच्चा तेल ९३.४८ डलरमा झरेको छ।
एसियाली बजारमा पनि जापानको निक्केई र दक्षिण कोरियाको कोस्पीमा उछाल देखिएको छ ।