Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युद्धविरामको घोषणासँगै इरानी जनताले मनाए उत्सव !

युद्धविरामको घोषणासँगै इरानी जनताले मनाए उत्सव !

बुधवार , चैत्र २५, २०८२

एजेनसी । दुई हप्ताको युद्धविरामको घोषणासँगै इरानीहरूले उत्सव मनाएका छन् । इरानी जनताहरुले तेहरानको सडकमा उत्रिएर उत्सव मनाएका हुन् । 

अमेरिकाले युद्धविराम घोषणा गरेपछि कुवेत, बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स लगायतका खाडी देशले हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेका छन्।

कुवेतको सेनाले क्षेप्यास्त्र र ड्रोन आक्रमण रोकिरहेको बताएको छ भने बहराइनले साइरन बजाएर जनतालाई सुरक्षित रहन आग्रह गरेको छ। साउदी र कतारले पनि सुरक्षा सतर्कता उच्च पारेका छन् ।

ट्रम्पले इरानलाई जलमार्ग खोल्न दिएको समयसीमा सकिनु केही समयअघि मात्र यो सहमति भएको हो। यसअघि उनले ‘सम्पूर्ण सभ्यता मर्नेछ’ भन्ने धम्की दिएका थिए। 

इरानका अनुसार दुई देशबीच शुक्रबार पाकिस्तानको इस्लामाबादमा वार्ता सुरु हुनेछ। ट्रम्पले इरानले १० बुँदे प्रस्ताव पेस गरेको र दुई हप्ताभित्र अन्तिम सम्झौता हुने अपेक्षा गरेका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077