Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्पको चेतावनी - एकै रातमा इरान ध्वस्त पार्न सक्छौँ

ट्रम्पको चेतावनी - एकै रातमा इरान ध्वस्त पार्न सक्छौँ

मंगलवार , चैत्र २४, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान प्रभावकारी रूपमा अघि बढिरहेको दाबी गर्दै कडा चेतावनी दिएका छन् ।

सोमबार राति आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिका चाहेको खण्डमा “एकै रातमा इरानलाई ध्वस्त पार्न सक्ने” बताएका हुन् । आवश्यक परेमा त्यस्तो सैन्य कारबाही बुधबार नै हुन सक्ने संकेत समेत उनले दिएका छन् ।

ट्रम्पले इरानमा फसेका अमेरिकी पाइलटहरूको उद्धार कार्यलाई ‘ऐतिहासिक’ संज्ञा दिँदै अमेरिकी सेनालाई ती सैनिकहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन निर्देशन दिएको बताए। उनले सीमित संख्याका पाइलटलाई बचाउन ठूलो जोखिम उठाउनुपरेको र निर्णय चुनौतीपूर्ण रहेको उल्लेख गरे।

ट्रम्पले होर्मुजको जलमार्ग खोल्न इरानलाई दिएको समयसीमा सकिन लागेकाले अब निर्णायक कदम चालिने संकेत दिएका छन्।

उनका अनुसार यदि इरानले उक्त जलमार्ग नखोलेमा त्यहाँका पावर प्लान्ट, पुल तथा अन्य भौतिक पूर्वाधारलाई निशाना बनाइनेछ।

उनले इरानले अमेरिकी सर्तहरू मानेमा मात्र युद्ध रोक्न सकिने स्पष्ट पार्दै, कुनै पनि हालतमा इरानलाई आणविक हतियार विकास गर्न नदिने अडान दोहोर्‍याए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077