एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध फेरि कडा चेतावनी दिएका छन्, जसले अमेरिका–इरान सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ ।
फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले इरानले चाँडै सम्झौता नगरे गम्भीर परिणाम भोग्नुपर्ने भन्दै कडा अभिव्यक्ति दिएका हुन् । उनले भने, “यदि चाँडै सम्झौता भएन भने म सबै कुरा ध्वस्त पार्ने र तेल कब्जा गर्ने विकल्पमा सोचिरहेको छु।”
यद्यपि उनले कूटनीतिक सम्भावना अझै जीवित रहेको संकेत पनि गरेका छन्। ट्रम्पका अनुसार, 'सम्झौता हुने राम्रो सम्भावना छ र वार्ता जारी छ।'
यस्तै ट्रम्पले इरानलाई नर्क बनाउने चेतावनी दिएका छन् । उनले आफ्नो समयसीमा (डेडलाइन) भित्र 'हर्मोज जलसन्धि' नखोले इरानी पूर्वाधारहरूमाथि भीषण आक्रमण गर्ने कडा चेतावनी दिए ।
यसअघि ट्रम्पले अप्रिल ६ सम्मको समयसीमा दिँदै इरानलाई चेतावनी दिएका थिए कि सहमति नभए ‘नराम्रो परिणाम’ भोग्नुपर्नेछ।
अमेरिकी चेतावनीप्रति इरानले पनि कडा प्रतिक्रिया दिएको छ। इरानी सेनाको मुख्यालय खातम अल(अन्बिया का कमान्डर अली अब्दुल्लाहीले अमेरिका विरुद्ध प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएका छन्।