Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले सांसद रेखा शर्मा रिहा, थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश

एमाले सांसद रेखा शर्मा रिहा, थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । जिल्ला अदालत काठमाडौंले लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा कुमारी शर्मालाई हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएको छ। आइतबार न्यायाधीश जगतबहादुर पौडेलको इजलासले यस्तो आदेश जारी गरेको हो ।

अदालतले यसअघि नै पाटन उच्च अदालतबाट फैसला भइसकेको र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरिसकेको आधारमा शर्मालाई थुनामा राख्न आवश्यक नरहेको ठहर गरेको छ।

आदेशमा भनिएको छ कि “दास बनाउन नहुने कसुर” अन्तर्गत शर्माविरुद्ध मुद्दा चलाउनुपर्ने अवस्था नदेखिएकोले सरकारी वकिल कार्यालयहरूको निर्णय कानुनसम्मत रहेको देखिन्छ।

शर्मालाई एक बालिकालाई घरेलु कामदारका रूपमा दास बनाएको आरोपमा पक्राउ गरिएको थियो। काठमाडौं महानगरपालिकाले २०८१ जेठमै उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता अन्तर्गत कारबाहीको माग गर्दै उजुरी दिएको थियो।

उजुरी परेको करिब दुई वर्षपछि, गत चैत १५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो। तर अदालतको पछिल्लो आदेशसँगै अब उनी हिरासतबाहिरै बसेर अनुसन्धान प्रक्रियामा सहयोग गर्नेछिन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077