Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भक्तपुर प्रहरीद्वारा एकैदिन ६० जना पक्राउ

भक्तपुर प्रहरीद्वारा एकैदिन ६० जना पक्राउ

आइतवार , चैत्र २२, २०८२

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा सञ्चालित ‘स्वीप अपरेसन’बाट एकैदिन ६० जनालाई फक्राउ परेका छन् ।

प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले प्रहरीद्वारा सञ्चालित ‘स्वीप अप्रेसन’मा शनिबार एकैदिन जिल्लाका विभिन्न स्थानबाट ६० जना पक्राउ परेका जानकारी दिए । 

उनले भने, 'यस्ता अप्रेसन विगतमा पनि गरिन्थ्यो, शनिबारदेखि स्वीप अप्रेसन सञ्चालन गरी परिसरअन्तर्गत रहेका जिल्लाका दुई प्रहरी वृत्त, प्रहरी प्रभाग र युनिटलाई परिचालन गरी अप्रेसन सुरु गरेका हौँ । पक्राउ परेका सबैलाई छानबिन गरेर अपराधिक घटनामा संलग्न नभएका पाइएकामा छाड्छौँ ।'

सार्वजनिक स्थलहरूमा शान्तिसुरक्षा भंग गर्ने खालका क्रियाकलाप गर्ने, शंकास्पद गतिविधि गर्ने, लागुपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्नेलगायत शंकास्पद गतिविधि गर्ने ६० जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077