Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी आक्रमणमा इरानको सबैभन्दा ठुलो पुल ध्वस्त, खाडी क्षेत्रका ८ पुल तेहरानको निशानामा

अमेरिकी आक्रमणमा इरानको सबैभन्दा ठुलो पुल ध्वस्त, खाडी क्षेत्रका ८ पुल तेहरानको निशानामा

शुक्रवार , चैत्र २०, २०८२

एजेन्सी । अमेरिका र इरानबीचको जारी युद्ध थप चुलिँदै गएको छ। 

बिहीबार भएको संयुक्त अमेरिकी-इजरायली आक्रमणमा इरानको ‘सबैभन्दा ठुलो पुल’ ध्वस्त भएको छ ।

आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘सबैभन्दा ठुलो पुल’ ध्वस्त पारिएको भिडिओ ट्रुथ सोसलमा राख्दै  भनेका छन्- ‘इरानको सबैभन्दा ठुलो पुल ध्वस्त पारिएको छस अब यो फेरि कहिल्यै प्रयोग गर्न सकिने छैन।’

यस क्रममा ट्रम्पले इरानलाई सम्झौतामा आउन ढिला गरे  ‘ढुंगे युगमा फर्काइदिने’ गरी बम वर्षा गर्ने चेतावनी पनि दिएका छन्।

अमेरिकाले ध्वस्त पारेको उक्त १३६ मिटर अग्लो ‘बी१’ पुल अझै निर्माणाधीन अवस्थामा थियो र तेहरानलाई पश्चिमी शहर करजासँग जोड्ने योजना थियो। यस आक्रमणमा ८ जनाको मृत्यु भएको र ९५ जना घाइते भएको जनाइएको छ।

यसैबीच इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले नागरिक पूर्वाधारलाई निसाना बनाएकामा अमेरिकाको कडा आलोचना गर्दै यसो गर्दैमा इरानले आत्मसमर्पण नगर्ने बताएका छन्। 

अराघचीले भनेका छन्- ‘अपूर्ण पुलहरूसहित नागरिक पूर्वाधारमा आक्रमणले इरानीहरूलाई आत्मसमर्पण गर्न बाध्य पार्दैन। यस्ता घटनाले अस्तव्यस्ततामा फसेको शत्रुको हार र नैतिक पतन मात्र प्रदर्शन गर्छन्।’

इरानले आफूमाथिको ब्यापक आक्रमणपछि खाडी क्षेत्रका आठ महत्त्वपूर्ण पुलहरूको सूची सार्वजनिक गर्दै ‘टिट फर ट्याट’ जस्तालाइ त्यस्तै आक्रमण गर्ने चेतावनी पनि दिएको छ।

इरानको अर्ध-सरकारी फार्स न्युज एजेन्सीले सार्वजनिक गरेको सूचीअनुसार, खाडी राष्ट्रहरू र जोर्डनका यी प्रमुख पुलहरू सम्भावित निशानामा छन् जसमा कुवेतको शेख जबर अल-अहमद अल-सवाह सि ब्रिज, यूएईको शेख जयद ब्रिज, अल मता ब्रिज र शेख खालिफा ब्रिज रहेका छन्।

साउदी अरेबिया र बहराइन जोड्ने किंग फहाद कजवे तथा जोर्डनका किंग हुसेन ब्रिज, डामिया ब्रिज र अबदोम ब्रिज रहेका छन्। यी पुलहरू इस्लामिक रिभोलुसनरी गार्ड कोर्सप्स (आइआरजीसी)को लक्ष्यमा रहेका हुन्।

अमेरिका र इजराइलले फेब्रुअरी २८ मा इरानमा संयुक्त हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेको थियो। खामेनी मारिएपछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले लेबननबाट 
पछिल्लो पटक मध्यपूर्वका देशहरुमा साउदी, कुवेत, बहराईन, कतार, दुबई, सारजाहा, ओमान, इराकमा रहेको अमेरिकी सैनिक अखडाहरुमा लगातार मिसाइल आक्रमण गरेर प्रतिरक्षा प्रणाली ध्वस्त पारिसकेको छ ।

जसमा परी मारिएकाको संख्या ५ हजार नाघिसकेको रिपोर्ट सार्वजनिक भएको छ। इरानमा सबैभन्दा बढि बालबालिका र आम नागरिकसहित ३,५१९ जना, दोस्रो लेबननमा १,३१८ जना, इराकमा १०७ जना, इजरायलमा १९ जना, अमेरिकामा १३ जना, संयुक्त अरब इमिरेट्स (यूएई) मा ११, कतारमा ७, कुवेतमा ७, वेस्ट बैंकमा ४, सिरियामा ४, बहराइनमा २, ओमानमा २ र साउदी अरेबियामा २ जना मारिएका छन्।

एकातिर विश्वका सबैभन्दा महत्वपूर्ण तेल परिवहन मार्गहरूमध्ये एक मानिने दक्षिण इरानको तटछेउ अवस्थितमा स्ट्रेट अफ होर्मुजबाट हुने विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति अझै ठप्प रहँदा विश्वव्यापी चिन्तन बढेको छ। म्याक्वेरी जस्ता ठूला वित्तीय संस्थाहरूले स्ट्रेट अफ होर्मुज अप्रिलको अन्त्यसम्म नखुलेमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १५० डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077