Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली सेनादेखि बारबरा फाउन्डेसनसम्मको सहयोगमा रास्वपाले चुनाव जित्यो : एमाले

नेपाली सेनादेखि बारबरा फाउन्डेसनसम्मको सहयोगमा रास्वपाले चुनाव जित्यो : एमाले

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले  गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पार्टी हुनुमा विभिन्न क्षेत्रमाथि दोष लगाएका छन् ।

उनले रास्वपाले जादुमय विजय हासिल गर्न बाह्य शक्तिले काम गरेको आरोप पनि लगाए।

बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै बादलले रास्वपा पहिलो दल बन्नुमा नेपाली सेनादेखि बारबरा फाउन्डेसनसम्मलाई दोष लगाएका हुन्।

उनले भने–‘यो सबै परिणामका पछाडि मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार र बारबरा फाउन्डेसन विजयका आधारहरू हुन् । उनीहरु सबैलाई शुभकामना ।’

शान्ति र समृद्धिका नायकलाई हटाएर खलपात्रलाई महानायक बनाएको बताउँदै उनले भने–‘अदृश्य शक्तिहरू, टिओबी, अल्गोरिदम, मिडिया ट्रायलबाट प्राप्त यो चमत्कारिक विजय आएको छ ।’

उनले भदौ २४ गतेको विध्वंस किन र के उद्धेश्यको लागि भएको थियो भन्दै सरकारसँग जवाफ माग गरे ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कुन उद्धेश्यका लागि सिंहदरबार, राष्ट्रपति निवास, संसद भवन जलाइएको हो सो को कारण खोज्नुपर्ने बताए।

उनलले भने–‘सिंहदरबार किन जलाइयो ? संसद भवन किन जलाइयो ? आज कुन उद्धेश्यको पूर्ती गर्न देशव्यापी रुपमा दमनचक्र र राज्य आतङक मच्चाइदैँछ ?’ 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077