काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठक केहिबेरअघि सुरु भएको हो ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री भएपछि बसेको यो दोस्रो बैठक हो ।
नवगठित सरकारको दोस्रो बैठक भएकाले नीति तथा प्राथमिकता निर्धारण, प्रशासनिक निर्णय र समसामयिक विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।
साथै बैठकले पनि केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने जनाइएको छ।
यसअघि सरकार गठन भएकै दिन चैत १३ गते मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो ।