Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायली रासायनिक प्लान्टमा इरानको मिसाइल आक्रमण

इजरायली रासायनिक प्लान्टमा इरानको मिसाइल आक्रमण

सोमवार , चैत्र १६, २०८२

एजेन्सी । इरानले दक्षिणी इजरायलको एउटा केमिकल प्लान्ट (रसायन कारखाना) मा मिसाइल आक्रमण गरेको छ, जसका कारण प्लान्टमा भीषण आगलागी भएको छ ।

यसबाट उक्त क्षेत्रमा विषाक्त ग्यास चुहावटको खतरा पैदा भएको बताइएको छ । आक्रमणमा एक व्यक्ति घाइते समेत भएका छन् ।

यो आक्रमण बियरशेवा सहरबाट करिब ९ किलोमिटर टाढा रहेको नियोत होवाव औद्योगिक क्षेत्रमा भएको हो ।

हमलापछि अधिकारीहरूले आसपासका बासिन्दाहरूलाई घरभित्रै रहन र झ्यालहरू बन्द राख्न सल्लाह दिएका छन्, किनकि प्लान्टमा खतरनाक रसायनहरू मौज्दात छन् ।

अमेरिका र इजरायलको इरानसँग जारी युद्ध अब ३१औँ दिनमा प्रवेश गरेको छ । युद्ध झनै तनावपूर्ण बन्दै गएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077