काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफैं गाडी चलाएर जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन् ।
सुरक्षा स्रोतका अनुसार, अहिले उनी परिसरमै रहेका छन् । तर, अचानक ललितपुर परिसर पुग्नुको कारणबारे कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन ।
उनले जेन्जी आन्दोलनमा जलेका कार्यालयको स्थित र प्रहरीका आवास तथा खानपानका विषयमा चासो राखेको ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले बताए ।
यसअघि आजै जेनजी आन्दोलनसँग सम्बन्धित आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए ।