Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दाउन्नेको भिरबाट बस खस्दा ३ जनाको मृत्यु, १५ घाइते

दाउन्नेको भिरबाट बस खस्दा ३ जनाको मृत्यु, १५ घाइते

शनिवार , चैत्र १४, २०८२

नवलपरासी । नवलपरासीमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

आज बिहान १ बजे नवलपरासीको बर्दघाट नगरपालिका–४ घ्यूखोलामा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा सो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरदत्त पन्तका अनुसार पूर्वबाट पश्चिम (बुटवलतर्फ) जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेका लु २ ख २३५१ को बसले सोही दिशाबाट जाँदै गरेको ना ५ ख २२७५ को पिकअप गाडी दुर्घटनामा परेको हो । 

ट्रक र बसले पिअपलाई ठक्कर दिएको थियो । ठक्कर दिएका बस र ट्रक २ सय मिटर तल खस्दा दुर्घटना भएको डिएसपी पन्तले जानकारी दिए ।

दुर्घटनामा परी रोल्पा बागमाराका २५ वर्षका गोबिन बुढा, र पहिचान नखुलेका २५र२६ वर्षका दुई पुरुषको मृत्यु भएको छ । उनीहरुको शव पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ । घाइतेहरुको बुटवल सिटी अस्पतालमा उपचार भइरहेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077