Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै

नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । नयाँ  सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । । 

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठक अपराह्न ४ बजे मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा नियुक्त गरेका बालेनले आजै शपथ लिएका थिए । 

साथै, १५  नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए ।

बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन् ।

सरकारले गर्ने केही महत्वपूर्ण कामबारे आजको मन्त्रिपरिषदबाट निर्णय हुने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077