काठमाडौं । गण्डकी प्रदेशका पूर्वप्रदेश सभा सदस्य दिपक मनाङेले भ्रष्टाचार अभियोगमा निलम्बित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्व महानिर्देशक प्रदीप अधिकारीप्रति व्यंग्य गरेका छन् ।
एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा मनाङेले हाल दिल्लीबजार कारागारमा रहेका अधिकारीप्रति कटाक्ष गर्दै भने, अहिले माला जपेर बसिरहेका छन्, यही माला पहिले नै जपेको भए न अख्तियार लाग्थ्यो, न ट्याक्स नै लाग्थ्यो।
उनले ठट्यौली शैलीमा भने,'पहिल्यै माला जपेको भए अहिले बिन्दवासिनी मन्दिरको पुजारी भइसक्थे होलान्।
डिजीले भ्रस्टाचार नगरेको जिकिर गर्दै मनाङेले भने,'१ अर्बको मेसिन किन्दा कमिसन खाएको कुरा गलत हो। ग्लोबल टेन्डर गरेर बनाएको आयोजनामा डिजीको कुनै हात हुँदैन। १ प्रतिशत कमिशन प्रधानमन्त्रीदेखि नेताहरुले खाए होलान्। बिचरा डिजीलाई मुद्दा चलाउँदा अहिले काम नै गर्न छाडे कर्मचारीले ।
अधिकारी हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र भक्तपुरको नलिन्चोक हेलिकप्टर प्रकरणमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् । मनाङे पनि हालै मात्र डिल्लीबजार कारागारबाट छुटेका थिए ।