एजेन्सी । अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले स्ट्रेट अफ होर्मुज क्षेत्रमा इरानले जहाजहरूलाई धम्की दिने क्षमता उल्लेखनीय रूपमा कमजोर पारिएको दाबी गरेको छ। पछिल्लो सैन्य आक्रमणपछि उक्त क्षेत्रमा इरानको प्रभाव घटेको सेन्टकमले जनाएको हो ।
सेन्टकमका कमान्डर द्यचबम ऋययउभच ले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा यसै साता गरिएको आक्रमणमा इरानका क्रुज मिसाइल र अन्य हतियार भण्डारण गरिएका भूमिगत संरचना नष्ट पारिएको बताएका छन्।
उनका अनुसार उक्त कारबाहीमा हतियार भण्डारणस्थल मात्र नभई जहाजहरूको आवागमन निगरानी गर्न प्रयोग हुने गुप्तचर केन्द्रहरू, मिसाइल रडार प्रणाली तथा सहयोगी संरचनाहरू पनि ध्वस्त पारिएका छन्।
कुपरले भने, “यसको प्रत्यक्ष प्रभाव स्वरूप होर्मुज आसपास जहाजहरूको स्वतन्त्र आवागमनमा खतरा पुर्याउने इरानको क्षमता कमजोर भएको छ। हामी यस्ता रणनीतिक लक्ष्यहरूमा निरन्तर कारबाही जारी राख्नेछौँ।”
उनले हालसम्म अमेरिकाले ८ हजारभन्दा बढी इरानी सैन्य ठिकानामा आक्रमण गरिसकेको दाबी गर्दै तीमध्ये १३० वटा इरानी समुद्री जहाजसमेत नष्ट गरिएको उल्लेख गरेका छन्।