Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान

शनिवार , चैत्र ७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन्।

उनको सचिवालयले दिएको जानकारी अुनसार देउवा स्वास्थ्य तथा पारिवारिक भ्रमणका लागि हङकङ प्रस्थान गरेका हुन्।

देउवा दम्पति नियमति उपचारका लागि भन्दै फागुन दोस्रो साता सिंगापुर प्रस्थान गरेका थिए।  त्यँहा उपचार  सकिएपछि थप स्वस्थ्य उपचार र पारिवारीक कार्यक्रममा सहभागि हुन हङकङ गएका हुन्। त्यहाँ थप स्वास्थ्य उपचार र पारिवारीक कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ।

हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर उनको नेपाल फर्कने कार्यक्रम तय भएको सचिवालयको भनाइ छ।

देउवा फागुन १३ गते राति स्वास्थ्य उपचारका लागि नेपालबाट सिंगापुर गएका थिए। उनी फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भागसमेत लिएका थिएनन्।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077