Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना

सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना

शनिवार , चैत्र ७, २०८२

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । 

जसको प्रभावले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ । देशका बाँकी भूभागमा साधरणतया बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेस,  बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  केही स्थानहरूमा चट्याङ्ग, असिना, हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। 

आज राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का  वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077