एजेन्सी । साउदी अरेबियाले इरानलाई जवाफी कारबाहीको चेतावनी दिएको छ ।
साउदी विदेशमन्त्री फैसल बिन फरहान ल साउदले आवश्यक परे ‘पूर्ण बल प्रयोग गर्न’ साउदी सक्षम रहेको बताएका हुन् ।
उनले भनेका छन्, 'हाम्रो धैर्यको पनि एक सीमा हुन्छ।' उनले इरानले साउदी पूर्वाधारमाथि थप आक्रमण गरेमा आवश्यक परे ‘पूर्ण बल प्रयोग गर्न’ साउदी सक्षम रहेको बताए ।
साउदी र खाडीका अन्य सहयोगी राष्ट्रहरूसँग पर्याप्त क्षमता रहेको बताउँदै उनले आवश्यक परे इरानमाथि आवश्यक बल प्रयोग गर्नसक्ने जानकारी दिए ।