Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद्को बैठक बस्दै, मुख्य एजेन्डा संघीय संसद्को अधिवेशन आह्वान

मन्त्रिपरिषद्को बैठक बस्दै, मुख्य एजेन्डा संघीय संसद्को अधिवेशन आह्वान

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौं । प्रधानमंत्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक आह्वान गरेकी छिन् ।

फागुन २१ गते सम्पन्न निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन आह्वानका लागि प्रधानमंत्री कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएकी हुन् । 

नयाँ संसद्को अधिवेशन आह्वान नयाँ सरकारले गर्नुपर्ने भएपनि चैत १६ गते अधिवेशन आह्वान गर्नुपर्ने दलहरूको अडान छ । नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गतेका लागि निश्चित भएको छ ।

अधिवेशन आह्वान गर्दा ७ दिनको समय राखेर गर्नुपर्छ । त्यसैले कार्की नेतृत्वको चुनावी सरकारले नै बैठक आह्वान गरेको हो । 

यद्यपि चैत १ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकलाई यो सरकारको अन्तिम बैठक भनिएको थियो । 

यसअघि अन्तरिम सरकारले अधिवेशन आह्वान गर्ने कि नयाँ सरकारले अधिवेशन आह्वान गर्ने भन्नेमा अन्योल थियो ।

अब सरकारका तर्फबाट अनौपचारिक रूपमा चैत १६ गतेका लागि अधिवेशन आह्वान गरिने छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077