Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

आइतवार , चैत्र १, २०८२

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको घटनाबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले पेश गरेको उक्त प्रतिवेदन अध्ययन गर्नेगरी ग्रहण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले फागुन २४ गते बुझाएको थियो । उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । प्रतिवेदन सार्वजनिक गर्न भन्दै दबाब बढिरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077