काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार छनोट गरी पेस गर्न पत्राचार गरेको छ ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनको सम्पूर्ण मतपरिणाम आएसँगै ३ प्रतिशत थ्रेसहोल्ड पार गरेका ६ वटा दललाई उम्मेदवार छनोट गरी पेस गर्न आयोगले बिहीबार पत्राचार गरेको हो ।
आयोगले निर्धारण गरेको सिट संख्याअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ५७ जना सांसदको नाम पठाउनुपर्नेछ।
त्यस्तै, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६ र नेपाली कम्युनिस्ट पार्टीले ९ जनाको नाम सिफारिस गर्नुपर्नेछ । श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान ४-४ जना सांसदको नाम बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।