काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ ।
निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ५ः५० सम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कांग्रेसले १६ लाख ६७ हजार ७३३, नेकपा ९एमाले०ले १३ लाख ८५ हजार ७३०, नेपाली कम्युनिस्ट पार्टीले सात लाख ४८ हजार ८१६, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७८६, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २२ हजार २२ मत प्राप्त गरेको छ ।
यस्तै जनता समाजवादी पार्टी र राष्ट्रिय परिवर्तन पार्टीले पनि डेढ लाखको आँकडा पार गरेका छन्। मतगणना जारी छ ।