Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाबाट पूर्वएआईजी विश्वराज पोखरेल ५ मतले विजयी

रास्वपाबाट पूर्वएआईजी विश्वराज पोखरेल ५ मतले विजयी

आइतवार , फाल्गुण २४, २०८२

ओखलढुंगा । ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रीय स्वतंत्र पार्टी (रास्वपा) उम्मेदवार विश्वराज पोखरेल झिनो मतान्तरले विजयी भएका छन् ।

उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइँटेललाई केवल ५ मतले उछिन्दै विजयी भएका हुन् । निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी काँग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी अस्मिता थापाले १० हजार ७२० मत ल्याएकी छिन् ।

श्रम संस्कृति पार्टीका उद्धव कुमार राईले भने ३ हजार ८५८ मत ल्याएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077