Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्याग्दीमा महावीरको भारी मतले अग्रता कायम

म्याग्दीमा महावीरको भारी मतले अग्रता कायम

शुक्रवार , फाल्गुण २२, २०८२

म्याग्दी । म्याग्दी निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पारेका छन् ।

ताजा मतपरिणाम अनुसार पुनले ७,७८७ मत प्राप्त गरेका छन् । यो मत उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका हरीकृष्ण श्रेष्ठको भन्दा दोब्बरभन्दा पनि बढी हो ।

श्रेष्ठले हालसम्म ३,०५६ मत मात्र प्राप्त गरेका छन् । पुन र श्रेष्ठबीचको मतान्तर ४,७३१ पुगेको छ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन बहादुर थापा २,००१ मतका साथ तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका कर्ण बहादुर भण्डारी १,९२८ मतका साथ चौथो स्थानमा सीमित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले ४८४ मत प्राप्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077