Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनमा ६४.१२ प्रतिशत मतदान

चितवनमा ६४.१२ प्रतिशत मतदान

बिहिवार , फाल्गुण २१, २०८२

चितवन । चितवनमा बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६४.१२ प्रतिशत मत खसेको छ । चितवनका तीनवटै निर्वाचन क्षेत्रमा ६० प्रतिशतभन्दा माथि मतदान भएको छ ।

क्षेत्र नं १ मा ९६ हजार १५४ मत खसेको छ । यस क्षेत्रमा ६४.७६ प्रतिशत मतदान भएको छ । महिलातर्फ ६६.३० प्रतिशत र पुरुषतर्फ ६२.३४ प्रतिशत मतदान भएको छ ।

क्षेत्र नं २ मा करिब ८७ हजार २२१ मत खसेको छ । यहाँ ६३.५७ प्रतिशत मतदान भएको छ । महिलातर्फ ६५.२७ प्रतिशत र पुरुषतर्फ ६२.८८ प्रतिशत मतदान भएको छ ।

क्षेत्र नं ३ मा एक लाख ५३ मत खसेको छ । यस क्षेत्रमा ६४.४६ प्रतिशत मतदान भएको छ । महिलातर्फ ६८.११ प्रतिशत र पुरुषतर्फ ५९.४६ प्रतिशत मतदान भएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077