Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मतदान केन्द्रमा खटिएका अधिकृत अचानक बेहोस

मतदान केन्द्रमा खटिएका अधिकृत अचानक बेहोस

बिहिवार , फाल्गुण २१, २०८२

बारा । मतदान सुरु भए लगत्तै एक निर्वाचन अधिकृत बेहोस भएका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदान स्थलमा खटिएका कर्मचारी श्याम प्रसाद साह बेहोस भएका हुन् । 

अचानक बेहोस भएपछि उनलाई बाराकै अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । 

साथै उनको जिम्मेवारी सहायक निर्वाचन अधिकृतलाई दिइएको छ ।

यसअघि सर्लाहीमा पनि सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका  रघुनाथ महतो बेहोस भएका थिए ।

बेहोस भएपछि उनलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो ।

 

 

 

 

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077