Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यात्रुलाई बिस्कुट खुवाएर बेहोस बनाई धनमाल चोरी, एकजना पक्राउ

काठमाडौं । यात्रुलाई बिस्कुट खान दिएर बेहोस बनाई चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सार्वजनिक सवारीमा सँगै यात्रा गरिरहेका कमलार्से गुरुङलाई बेहोस बनाई चोरी गरेको आरोपमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका ७ बस्ने ४९ वर्षीय राम बहादुर परियार पक्राउ परेका हुन् ।

गत साउन ५ गते साँझ चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा चेकप्वाइन्टमा सवारी चेकजाँच गर्ने क्रममा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख ९७१५ नम्बरको यात्रुबाहक बसमा सवार परियारले आफूसँगै सिटमा बसेका पर्वत चित्रे भञ्ज्याङ गाउँपालिका २ बस्ने कमलार्से गुरुङलाई बिष्कुटमा स्लिपिङ्ग ट्याबलेट मिसाई खुवाई बेहोस बनाएर धनामाल चोरी गरेका थिए ।

प्रहरीले परियारलाई चोरी गरेकै अवस्थामा फेला पारेको थियो भने बेहोस गुरुङलाई अस्पताल लगिएको थियो ।

प्रहरीले परियारको साथबाट आधा खाएको अवस्थामा ३ प्याकेट ओआरइओ बिस्कुट, ४ थान घडी, २ थान पर्स, २ थान एटीएम कार्ड, १४ हजार ५२० रुपैयाँ नगद, सुनचाँदी पसलको बिल २ थान, मोबाइल ४ वटा, पाव बैंक एक थान, सिम कार्ड ४ वटा तथा स्लिपिङ ट्याब्लेटको २ पत्ता बरामद गरेको छ । उनीमाथि प्रहरी बृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077