चितवन । निर्वाचन आयोगले बिहीबार चितवनको सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
भरतपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो भने ६ पालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतसहित १० जना कर्मचारी खटाइएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा नौ जनालाई खटाइएको छ । कार्यालयहरुले आजै निर्वाचन कार्यक्रम प्रकाशित गर्ने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।