काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । आज बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजारस्थित महेन्द्र मावि केन्द्रबाट मतदान गरेकी छन् ।
अर्का निर्वाचन आयुक्त सगुनशमशेर जबराले काठमाडौंको धापासीस्थित केन्द्रबाट मतदान गरेका छन् ।
काठमाडौंसहित विभिन्न जिल्लास्थित केन्द्रमा मतदान सुरु भइसकेको आयोगले जनाएको छ ।