Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचनका निम्ति जनशक्ति परिचालन र सुरक्षा व्यवस्थाका सम्पूर्ण तयारी पूरा : आयोग

निर्वाचनका निम्ति जनशक्ति परिचालन र सुरक्षा व्यवस्थाका सम्पूर्ण तयारी पूरा : आयोग

बुधवार , फाल्गुण २०, २०८२

काठमाडौं । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले देशभर शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको बताएका छन् ।

उनले मतदान प्रक्रिया सम्पन्न गर्न जनशक्ति परिचालन, सुरक्षा व्यवस्था र अन्तरनिकाय समन्वय लगायतका सबै तयारी पूरा भएको समेत बताए । 

सचिव राउतका अनुसार, निर्वाचन सम्पन्न गर्न करिब दुई लाख १५ हजार कर्मचारी तथा झन्डै साढे तीन लाख सुरक्षाकर्मी देशभर परिचालित छन् ।

उनले हालसम्मको सुरक्षा विश्लेषणअनुसार कुनै पनि मतदान केन्द्रमा असहज अवस्था सिर्जना हुने संकेत नदेखिएको उल्लेख गरे ।

आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमार्फत सबै सुरक्षा निकाय र स्थानीय प्रशासनसँग निरन्तर समन्वय भइरहेको भन्दै उनले केन्द्रले देशभरको सुरक्षा अवस्थाको निगरानी गर्दै आवश्यक निर्देशन तथा सहकार्य गर्ने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077