Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचनको दिन चलाउन छुट पाएका व्यक्तिबाहेक अन्यलाई गाडीमा नचढाउन आग्रह

निर्वाचनको दिन चलाउन छुट पाएका व्यक्तिबाहेक अन्यलाई गाडीमा नचढाउन आग्रह

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन सवारीसाधन सञ्चालनमा कडाइ गरिने भएको छ ।

निर्वाचन आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै चलाउन छुट पाएका व्यक्तिबाहेक अन्यलाई गाडीमा ओसारपसार नगर्न स्पष्ट निर्देशन दिएको हो ।

आयोगका अनुसार सवारी पास आवश्यक नपर्ने गरी यसअघि गरिएका सिफारिस तथा हालको व्यवस्थाअनुसार छुट पाएका सवारीसाधनले सम्बन्धित व्यक्तिबाहेक अन्यलाई चढाएमा स्थानीय प्रशासनले त्यस्ता सवारीसाधनको सञ्चालनमा रोक लगाउने छ।

“सो विपरीत गरेरगराइएको पाइएमा स्थानीय प्रशासनले त्यस्ता सवारीसाधनको सञ्चालनमा रोक लगाइनेछ,” आयोगको विज्ञप्तिमा उल्लेख छ।

मतदानको दिन अर्थात् फागुन २१ गते सवारीसाधन सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र सेवामैत्री बनाउन आयोगले सवारी अनुमतिसम्बन्धी कार्यविधि जारी गरिसकेको छ।

आयोगले निर्वाचनको शान्तिपूर्ण र निष्पक्ष वातावरण सुनिश्चित गर्न यातायात व्यवस्थापनमा विशेष निगरानी राखिने जनाएको छ।

यसैबीच, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट निषेधित क्षेत्र प्रवेश पास प्राप्त गरेका व्यक्तिलाई घरदेखि कार्यालय र कार्यालयदेखि घरसम्म आवतजावत गर्न छुट दिने व्यवस्था मिलाउन नेपाल सरकारलाई सिफारिस गरिएको आयोगले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077