Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इराकमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारियो

इराकमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारियो

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं । इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । एर्बिल अन्तर्राष्ट्रिय विमानस्थल इराकको कुर्दिस्तान क्षेत्रको एर्बिल सहरमा रहेको छ ।

अमेरिका-इजरायल र इरानबीचको युद्ध मध्यपूर्वमा फैलिएपछि एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपालीलाई सुरक्षित एक होटेलमा सारिएको हो । 

कुवेतस्थित नेपाली दूतावासले इराकलाई हेर्ने गर्छ । कतारको दोहामा रहेको नेपाली दूतावासले उक्त जानकारी परराष्ट्र मन्त्रालयलाई गराएको हो । 

इरानले युनाइटेड अरब इमिरेट्स, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान, इराक, जोर्डन लगायतका देशमा रहेका अमेरिकी सैन्य वेशहरूमा आक्रमण गरेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077