काठमाडौं । आज २०८२ साल फागुन १६ गते शनिबारको राशिफल ।
मेष
हिम्मतले काम बन्नेछ भने लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। छोटो समयमा राम्रो उपलब्धि हात लाग्नेछ। छरछिमेकीसँग वादविवादबाट जोगिनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
मिथुन
महत्वपूर्ण कामको थालनी हुनेछ। धैर्य र लगनशीलताले विभिन्न अवसरहरु दिलाउनेछ। साहित्य वा कलाको क्षेत्रमा निखार आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
सिंह
नोकरी वा पेशामा सहकर्मीहरूबाट विरोध आउला साथै चुनौतीहरूको सामना गर्नुपर्ने हुनसक्छ। चोट लाग्ने सम्भावना देखिएको छ सावधान रहनुहोस्। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
तुला
सामाजिक वा धार्मिक कार्यमा रुचि बढ्नेछ। विद्यार्थीहरूको साथीभाइसँग राम्रो समय व्यतीत हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
धनु
अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। वैचारिक मनमुटाव बढ्नेछ। स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः खानपिनमा विशेष ध्यान दिनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ
राजनीतिक कार्यमा सफलता मिल्नेछ। अधिकार प्राप्तिको लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। उधारो दिएको रकम फिर्ता लिने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
बृष
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने समय रहेको छ। नयाँ तथा रचनात्मक कार्यतिर मन लाग्नेछ। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द मिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट
आफन्तहरूको सहयोगले कार्यहरू अगाडि बढ्नेछन्। भौतिक कार्यमा सफलता मिल्नेछ। मानसम्मानमा वृद्धि हुनेछ। रोकिएको काम प्रारम्भ हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कन्या
विभिन्न प्रतिस्पर्धामा फाइदा हुने योग छ। समयमा सही निर्णय लिन नसक्दा काममा पछि परिनेछ। घरजग्गा आदिको कारोबारमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
बृश्चिक
कुनै सकारात्मक कुराले गर्दा मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्नेछ र विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। वैदेशिक सम्बन्धी कार्यहरू अगाडि बढ्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
मकर
समाजमा शुभ कार्यको चर्चा हुनेछ। यात्रा सफलतादायक रहनेछ। आफ्नो दक्षताले विभिन्न कार्यसम्पादन हुनेछन्। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
मीन
अध्ययन अध्यापनको क्षेत्र फराकिलो हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। हात लिएको काममा आलस्य नगर्नुहोस्। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।