काठमाडौं । निर्वाचनलाई लक्षित गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले व्यक्तिगत रूपमा राखिएका हातहतियार बुझाउन आग्रह गरेको छ ।
सुरक्षा व्यवस्था मजबुत बनाउने उद्देश्यले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउन आग्रह गरिएको हो ।
'प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गरी व्यक्तिगत रुपमा राखिएका इजाजत पत्र प्राप्त हातहतियारहरु नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाईमा लगत रहने गरी बुझाउनुहुन मिति २०८२/१०/०६ गतेको सार्वजनिक सूचनाबाट सरोकारवाला सबैमा अनुरोध गरिएकोमा अझैसम्म पनि केही व्यक्तिहरुबाट त्यस्ता प्रकृतिका हातहतियार बुझाउन बाँकी भएको देखिएकोले मिति २०८२.११/१८ गतेभित्र हातहतियार बुझाउनुहुन पुनः यो सूचना प्रकाशन गरिएको छ,' जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा भनिएको छ।
प्रशासनका अनुसार फागुन १८ गतेभित्र इजाजत पत्र प्राप्त हातहतियारहरु नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाईमा लगत रहने गरी सम्बन्धित व्यक्तिले बुझाई सक्नुपर्ने छ ।