Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नाउपा नेपालका उम्मेद्वार जगन्नाथ चौधरी रास्वपा प्रवेश

नाउपा नेपालका उम्मेद्वार जगन्नाथ चौधरी रास्वपा प्रवेश

मंगलवार , फाल्गुण १२, २०८२

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर-५ का नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

मंगलबार रास्वपाको धनगढीस्थित कार्यालयमा पुगेर नाउपा छाडेको घोषणा गर्दै रास्वपा प्रवेश गरेका हुन् । 

रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारु र रास्वपाबाट कैलाली–५ का उम्मेदवार डा. आनन्दबहादुर चन्दले पार्टीमा स्वागत गरे।

 चौधरीले नाउपा नेपालमा आफू एक्लै परेको र रास्वपा र नाउपा नेपालको मुद्दा मिलेकाले रास्वपामा समाहित भएको बताएका छन् ।

नाउपा नेपालका उम्मेदवार चौधरी २०७९ को चुनावमा पनि कैलाली-५ बाट उम्मेदवार थिए। उनले पाँच हजार मत पाएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077