धनुषा। आम जनता पार्टी (आजपा)का धनुषा क्षेत्र नं. ४ का प्रतिनिधी सभा उम्मेदवार सम्पत महतो रास्वपा प्रवेश गरेका छन् ।
आइतबार एक कार्यक्रमबीच उनी रास्वपामा प्रवेश गरेका हुन् ।
आजपाका उम्मेदवार महतोलाई रास्वपाका उम्मेदवार राजकिशोर महतोले पार्टीमा स्वागत गरे।
यसअघि नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलियासहितका एमाले नेता रास्वपा प्रवेश गरेका थिए ।
सिरहाको गोलबजारमा आयोजित एक कार्यक्रममा थपलियासहितका अन्य एमाले नेता कार्यकर्ताहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरेका थिए।