प्युठान । (राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्युठानका नगर सदस्य सूर्यबहादुर गैरे नेकपा एमालेमा प्रवेश गरेका छन्।
रास्वपा परित्याग गरी एमाले प्रवेश गरेका गैरेलाई एमाले नेता तथा प्युठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापा लगायतले पार्टीमा स्वागत गरेका हुन् ।
प्युठानमा रास्वपा सभापति रवि लामिछाने गएको भोलिपल्ट उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी रास्वपा परित्याग गरेका थिए ।
एमाले प्रवेश गर्दै गैरेले भने- 'नेपाल र नेपालीको गौरव, भावना जोडिएका ऐतिहासिक सम्पदाहरूलाई खरानी बनाए । यो देश बनाउने पार्टी होइन यो खरानी बनाउने पार्टी हो। त्यसैले भन्दै पार्टी परित्याग गरेको हुँ । '