काठमाडौं । आज २०८२ साल फागुन १० गते आइतबारको राशिफल ।
मेष
प्रतिद्वन्दीहरूले योजनाको फाइदा उठाउन सक्छन् सचेत रहनुहोस्। दाम्पत्य जीवनमा मधुरता बढ्नेछ। अविवाहितहरूलाई विवाहको प्रस्ताव आउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन
व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभप्रद रहनेछ। कार्यस्थलमा चलिरहेको गतिविरोध दूर हुनेछ। आफन्तहरूको सहयोगले आर्थिक समस्याको समाधान हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
सिंह
सांस्कृतिक गतिविधिहरूमा रुचि बढ्नेछ। आफ्नो योग्यताको प्रदर्शन गर्न उचित अवसर मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
तुला
नोकरी वा पेशामा अरुको विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। उधार दिएको धन फिर्ता मिल्नाले आर्थिक पक्ष सबल रहनेछ। व्यापार व्यवसायमा नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
धनु
कार्यक्षेत्रमा हजुरको कार्य कुशलताको तारिफ हुनेछ। आर्थिक समस्याको समाधान हुनेछ। राजनीतिक वा प्रशासनिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ्र अध्ययनलाई लिएर नयाँ बाटाहरू खुल्नेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ
नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ। स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। रोकिएको काम पुनः प्रारम्भ गर्न सकिनेछ। विशिष्ट व्यक्तिको साथ पाइनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ९ रहेको छ।
बृष
संगीतको क्षेत्रमा प्रशंसा मिल्नेछ। पारिवारिक मतभेद सुल्झिनेछ। राजनीतिक क्षेत्रमा सक्रिय भूमिका निभाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट
आफ्नो मेहनतमा विश्वास राख्नुहोस् सफलता मिल्नेछ। अनावश्यक विवादमा परेर व्यावहारिक पक्ष बिग्रेला सावधान रहनुहोस्। धर्मकर्ममा मन लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
कन्या
आपसी सम्बन्धमा चलिरहेको मतभेद सुल्झिनेछ। व्यापार व्यवसायमा नयाँ अनुबन्ध मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
बृश्चिक
आफन्तहरू मध्य राम्रो सम्बन्ध स्थापित गर्न सकिनेछ। विद्यार्थी वर्गहरूलाई शैक्षिक प्रतियोगितामा सफलता मिल्नेछ। नयाँ प्रेम प्रसंग प्रारम्भ होला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
मकर
व्यक्तिगत निर्णय लिनमा हतार नगर्नुहोस्। अधिकारीहरूसँग विवाद हुन सक्छ सावधान रहनुहोला। घरमा बुजुर्गहरूको स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
मीन
महत्वकांक्षी योजनाहरू गोप्य राखेर अघि बढ्नुहोस्। घरायसी काममा उल्झिनाले प्रशासनिक काम प्रभावित हुनेछ। इष्टमित्रहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।