काठमाडौं । आज २०८२ साल फागुन ९ गते शनिबारको राशिफल ।
मेष
वैदेशिक रोजगारमा सफलता मिल्नेछ। अस्वस्थ्य अवस्थामा पनि काममा खटिनुपर्ला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। शुभचिन्तक वा गुरुवर्गहरूको साथ पाइनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
मिथुन
सेवामूलक कामबाट लाभ मिल्नेछ। नोकरी वा पेशामा अरुको जिम्मेवारी पनि वहन गर्नुपर्ला। पिताको सहयोगले रोकिएको कार्य सम्पादन हुनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ३ रहेको छ।
सिंह
आध्यात्मिक ज्ञानमा रुचि बढ्नेछ। अधिनस्थ वा शुभचिन्तकहरूसँग मिठो बोलिको प्रयोग गरौं। धैर्यताको कमीले आयको अवसर गुमाउनुपर्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
तुला
आशावादीहरूले झुक्याउन सक्लान् सावधान रहनुहोस्। नयाँ नोकरीको इन्टरभ्यु आदिमा प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
धनु
पारिवारिक वादविवाद सुल्झाउन उपयुक्त समय रहेको छ। खर्च बढ्नाले आर्थिक पक्ष कमजोर रहनेछ। कुनै विशेष कामको सफलताले मन ढुक्क रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ
आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ। रचनात्मक कार्यमा रुचि बढ्नेछ। भाषण वा अभिव्यक्ति कलामा निखार आउनेछ। उच्च पदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
बृष
आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। व्यापार विस्तारलाई लिएर बनाएका योजनाहरू क्रियान्वित गर्ने समय रहेको छ। परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट
उच्च शिक्षालाई लिएर विदेशतिर ताक्नेहरूको लागि सकारात्मक संकेतको योग छ। धार्मिक यात्रा सफल रहनेछ। दिन रमाइलो वा मनोरञ्जनात्मक रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
कन्या
व्यापार व्यवसायमा राम्रो फड्को हात मार्न सकिनेछ। परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। जीवनसाथीबाट उपहार प्राप्त होला। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।
बृश्चिक
शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। मनमा चञ्चलता बढ्नाले एकाग्रताको कमी रहनेछ। यात्रा लाभदायी र मनोरञ्जनपूर्ण रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
मकर
गुप्त योजनाहरू सार्वजनिक नगर्नुहोला। भाग्यको साथ मिल्नेछ। आँटेको कार्य समयमा सम्पादन गर्न सकिनेछ। कानुनी वा आर्थिक पक्ष मजबुत रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
मीन
चल र अचल दुवै सम्पत्तिको उपयोगबाट फाइदा उठाउन सकिनेछ। पहिला गरेको कामबाट प्रशस्त लाभ उठाउन सकिनेछ। समाजमा मान प्रतिष्ठामा वृद्धि हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।