Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्पको ट्यारिफ नीतिमा ठूलो झट्का, सर्वोच्च अदालतद्वारा बदर

ट्रम्पको ट्यारिफ नीतिमा ठूलो झट्का, सर्वोच्च अदालतद्वारा बदर

शुक्रवार , फाल्गुण ८, २०८२

एजेन्सी । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरूबाट हुने आयातमा लगाएको अतिरिक्त शुल्क (ट्यारिफ) को निर्णयलाई अवैध ठहर गर्दै बदर गरिदिएको छ ।

६-३ को बहुमतले सुनाइएको यो फैसलालाई राष्ट्रपति ट्रम्पको व्यापारिक एजेन्डा र कार्यकारी अधिकारमाथिको ठूलो कानुनी अवरोधका रूपमा हेरिएको छ ।

विशेष गरी 'इन्टरनेशनल इमर्जेन्सी इकोनोमिक पावर्स एक्ट' अन्तर्गत लगाइएका यी करहरूलाई अदालतले चुनौती दिएको हो।

अदालतको यो निर्णयमा तीन उदारवादी न्यायाधीशहरूसँगै तीन अनुदारवादी न्यायाधीशहरू—जोन रोबर्ट्स, नील गोरसच र एमी कोनी बरेट—पनि सामेल भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077