Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धरहराको पार्किङ र व्यवस्थापनको जिम्मा काठमाडौं महानगरलाई

धरहराको पार्किङ र व्यवस्थापनको जिम्मा काठमाडौं महानगरलाई

शुक्रवार , फाल्गुण ८, २०८२

काठमाडौं । धरहरा क्षेत्रमा निर्माण भएको संरचनाभित्र सवारी साधन पार्किङ सञ्चालनको जिम्मा अब काठमाडौं महानगरले लिने भएको छ ।

शुक्रबार धरहरा क्षेत्रमा बसेको नेपाल सरकार र काठमाडौं महानगरबीचको छलफलमा धरहरा क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा महानगरलाई नै दिने सहमति भएको हो ।

सहमतिअनुसार धरहराभित्र रहेको पार्किङ सञ्चालन र व्यवस्थापनको काम अब महानगर प्रहरी बलले गर्नेछ ।

बैठकले धरहरा क्षेत्रको तत्काल र दीर्घकालीन योजना, परियोजना सञ्चालन र अन्य पहलमा अध्ययन गरी सुझाव पेस गर्ने लागि शहरी विकास मन्त्रालय र काठमाडौं महानगरका पदाधिकारीबाट संयुक्त समिति गठन गर्ने निर्णय गरेको काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।

साथै धरहराको बाहिरी संरचना सम्बन्धी कामहरू पनि काठमाडौं महानगरको जिम्मामा रहनेछ । महानगरले यसको सम्पूर्ण आर्थिक दायित्व समेत लिनेछ  । 

बैठकमा छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याललगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उपस्थिती थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077