Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ वर्षदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन हुने, सुरक्षाका लागि नगर प्रहरी

नयाँ वर्षदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन हुने, सुरक्षाका लागि नगर प्रहरी

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । काठमाडौं महानगरले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । 

काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेकाले रात्रिकालीन बस चलाउन लागिएको जानकारी दिइन् ।

रात्रिकालीन बस सेवाअन्तर्गत दुई वटा रुट तय गरिएको छ । यी दुई रुटमा ४ वटा विद्युतीय बसराति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछन् ।

तोकिएको रुटका बस स्टपमा हरेक २० मिनेटको अन्तरमा बस आउने व्यवस्था मिलाइएको छ ।

साथै बसमा सिसिटिभी क्यामरा जडान हुनेछन् भने सुरक्षाका लागि नगर प्रहरी खटिने छन् । 

ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । 

त्यसैगरी अर्को रुट थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको रहेको छ । पूर्व पश्चिम दिशाको एकतर्फी यो रुटको दूरी २० किलोमिटर रहेको छ । थानकोटबाट चल्ने यो बस सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077