Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१०-१५ दिनमा सम्झौता नभए ‘गम्भीर’ परिणाम भोग्नुपर्ने इरानलाई ट्रम्पको चेतावनी

१०-१५ दिनमा सम्झौता नभए ‘गम्भीर’ परिणाम भोग्नुपर्ने इरानलाई ट्रम्पको चेतावनी

शुक्रवार , फाल्गुण ८, २०८२

एजेन्सी । इरानमाथि अमेरिकी आक्रमणको सम्भावित खबरहरूबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन् । उनले इरानी सर्वोच्च नेता अली खामेनीलाई लक्षित गर्दै अर्थपूर्ण सम्झौता नभए “गम्भीर परिणाम” भोग्नुपर्ने बताएका हुन् ।

शान्ति परिषद्को बैठकमा बोल्दै ट्रम्पले भने,'इरानको चित्र अबको १०–१५ दिनमा स्पष्ट हुनेछ।' उनले वार्तामा केही सकारात्मक संकेत देखिए पनि ठोस र बाध्यकारी सम्झौता अपरिहार्य रहेको स्पष्ट पारे।

'हामी इरानसँग मिलेर काम गर्न चाहन्छौं, तर उनीहरूले परमाणु हतियार राख्न पाउँदैनन्,' उनले जोड दिए।

अमेरिकी प्रशासनले इरानलाई आफ्नो परमाणु कार्यक्रममा सहमति जनाउन १०–१५ दिनको समयसीमा दिएको स्रोतहरूले बताएका छन्। यदि उक्त अवधिमा प्रगति नभए कडा कदम चालिने संकेत गरिएको छ।

यसैबीच, इरानविरुद्ध ठूलो सैन्य कारबाहीको तयारी भइरहेको दाबी पनि सार्वजनिक भएको छ, जसले पूर्णस्तरको युद्धको जोखिम बढाएको विश्लेषकहरू बताउँछन्।

अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति उल्लेखनीय रूपमा बढाएको छ। दुईवटा ठूला विमानवाहक युद्धपोत समूह तैनाथ गरिएका छन् भने दर्जनौं लडाकु विमान, इन्धन ट्यांकर र अन्य सैन्य विमानहरू पनि पठाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077