काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
यस दिन सुन तोलामा २३ सय रुपैयाँले बढेर आज तीन लाख पाँच हजार ८०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर चार हजार ९८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।