काठमाडौं । सशस्त्र प्रहरी बलले सुनसरीबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
इटालीमा बनेको पेस्तोल र सोको तीन राउन्ड गोलीसहित भारतको अररिया ग्राम पञ्चायत–४ बस्ने ३६ वर्षीय राम थेलन पासवानलाई शुक्रबार साँझ सुनसरीको जमुवास्थित सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
भारतीय नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका पासवानको साथबाट ब्राउनसुगर १०० ग्राम, नेपाली रुपैयाँ सात हजार पाँच र भारतीय रुपैयाँ नौ हजार ३८० समेत बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
नियन्त्रणमा लिइएका पासवानलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।